मूल
[वि.]
१. तरुल, भ्याकुर, पिँडालु, मुला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द।
२. पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान; स्रोत; आधार।
३. बोटबिरुवाको ठिक जमिनमाथि रहेको भाग; फेद।
४. रुख, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड।
५. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र।
६. आधारभूत।
८. सर्वोत्तम; सर्वश्रेष्ठ।
[ना.]
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।