गृह · शब्दकोश

माया

[ना.]

आमा।

[ना.]

१. अविद्या; अज्ञान।

२. कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक तथा मिथ्या धारणा; धोका; छल; कपट।

३. कूटनीति; दाउपेच।

४. छलपूर्ण काम वा कुरा (जादु, टुना, इन्द्रजाल, चटक आदि)।

५. जीवनलाई बन्धनमा राख्ने मोहरूपी शक्ति।

६. धन; सम्पत्ति; दौलत।

७. प्रेमी वा प्रेमिका।

८. मोहवश कसैप्रति हुने हार्दिकता; अनुराग; स्नेहको भाव; प्यार; प्रीति; ममता।

९. लक्ष्मी; दुर्गा।

१०. वेदान्तअनुसार सम्पूर्ण सृष्टि र प्रपञ्चको कारण ईश्वरको अलौकिक तथा अदृश्य शक्ति; लीला।

⟵ फेरि सूचीमा जानुहोस्