गृह · शब्दकोश

वायु

[ना.]

१. पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्शगुण भएको, प्राणी मात्रले सास फेर्न मिल्ने एक तत्त्व; पञ्चतत्त्वमध्ये एक तत्त्व; हावा।

२. प्रायः बालबच्चालाई लागोको रूपमा दुःख दिने, झारफुक गरेर वा दोबाटामा पूजा गरेर पन्छाएपछि निको मानिएको, लोकरूढि भएको अमूर्त तत्त्व।

३. मरेपछि काजक्रिया हुन नपाएको आत्मा; अगति परेको जीव; प्रेतात्मा; प्रेत।

४. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा प्रयोगमा आउने मानव शरीरमा भएको हावा।

५. हावाका अधिष्ठाता देवता।

६. हृदयमा रहने प्राण, गुदामा रहने अपान, नाभिमा रहने समान, कण्ठमा रहने उदान र शरीरभर रहने व्यान नामका पाँच वायु।

⟵ फेरि सूचीमा जानुहोस्