गृह · शब्दकोश

गुण

[ना.]

१. एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा।

२. एकअर्कालाई प्रभाव पार्न सक्ने तत्त्व।

३. कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सिप; निपुणता।

४. धनुको ताँदो वा डोरी।

५. धागो; डोरी; सुत।

६. पूर्वीय काव्यशास्त्रमा रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, उदारता, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारता र समता।

७. ब्रह्माण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्त्व, रज, तम)।

८. मानिसमा रहेको असल स्वभाव; सद्गुण।

९. योगशास्त्रअनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण।

१०. वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ; उपयोगिता।

११. वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म।

१२. वास्तु वा मूर्तिकलामा तीन इन्चबराबरको नापो; तीन अमल।

१३. व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीन ओटा अक्षर।

⟵ फेरि सूचीमा जानुहोस्