गुण

[ना.]

१. एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा

२. एकअर्कालाई प्रभाव पार्न सक्ने तत्त्व

३. कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सिप; निपुणता।

४. धनुको ताँदो वा डोरी

५. धागो; डोरी; सुत

६. पूर्वीय काव्यशास्त्रमा रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, उदारता, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारतासमता

७. ब्रह्माण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्त्व, रज, तम)।

८. मानिसमा रहेको असल स्वभाव; सद्गुण

९. योगशास्त्रअनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण।

१०. वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ; उपयोगिता

११. वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म

१२. वास्तु वा मूर्तिकलामा तीन इन्चबराबरको नापो; तीन अमल

१३. व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीन ओटा अक्षर