गृह · शब्दकोश

प्रसाद

[ना.]

१. काव्य वा रचनालाई सरल र सुबोध पार्ने काव्यको एक गुण।

२. कृपा; दया; अनुग्रह; निगाह।

३. देवता वा पूज्यजनहरूले आफ्ना भक्तहरूलाई बाँड्ने खानेकुरो।

४. देवीदेवतालाई चढाइएको वस्तु; नैवेद्य।

५. मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था; स्वच्छता; निर्मलता।

६. मनमा शोक, सुर्ता, चिन्ता आदि केही पनि नभई हर्षोल्लास भएको स्थिति; प्रसन्नता।

⟵ फेरि सूचीमा जानुहोस्