गृह · शब्दकोश

अङ्क

[ना.]

१. काख।

२. दैनिक, पाक्षिक आदि पत्रपत्रिकाको सङ्ख्या जनाउने अङ्क; नम्बर।

३. नाटकको प्रकरण छुट्ट्याउने दृश्यको भाग वा अध्याय।

४. रूपकका दश भेदमध्ये करुण रस प्रधान हुने एक भेद।

५. सङ्ख्या; गन्ती बुझाउन प्रयोग गरिने चिह्न; हिन्दु-अरबी पद्धतिअनुसार शून्यदेखि नौसम्मका सङ्ख्या जनाउने चिह्न वा चिह्नसमूह; कुनै पनि कुरालाई खास क्रममा प्रयोग गरिने खास सङ्ख्या (डिजिट)।

⟵ फेरि सूचीमा जानुहोस्