अङ्क
[ना.]
१. काख।
२. दैनिक, पाक्षिक आदि पत्रपत्रिकाको सङ्ख्या जनाउने अङ्क; नम्बर।
३. नाटकको प्रकरण छुट्ट्याउने दृश्यको भाग वा अध्याय।
४. रूपकका दश भेदमध्ये करुण रस प्रधान हुने एक भेद।
५. सङ्ख्या; गन्ती बुझाउन प्रयोग गरिने चिह्न; हिन्दु-अरबी पद्धतिअनुसार शून्यदेखि नौसम्मका सङ्ख्या जनाउने चिह्न वा चिह्नसमूह; कुनै पनि कुरालाई खास क्रममा प्रयोग गरिने खास सङ्ख्या (डिजिट)।