सन्धि
[ना.]
१. एक अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय।
२. चोरले घरमा घुस्नका निम्ति खनेको सुरुङ वा प्वाल; सेँध।
३. दुई वस्तुका माझको खाली ठाउँ; अन्तर।
४. दुई वा त्यसभन्दा बढी वस्तु वा अवयव जोडिएको ठाउँ; जोर्नी; गाँस।
५. नाटकमा प्रधान कुरासँग सम्बन्धित कथाको पाँच अवान्तर सम्बन्ध (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण)।
६. परस्परको विरोध हटाई मेल मिलापसँग रहन तथा सहयोगी हुन दुई राष्ट्र वा समूहका बिचमा गरिएको मैत्रीपूर्ण वाचाबन्धन; सम्झौता।
७. परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री।
८. मर्मस्थल; जननेन्द्रिय आदि।
९. व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित हुने काम।