गृह · शब्दकोश

सन्धि

[ना.]

१. एक अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय।

२. चोरले घरमा घुस्नका निम्ति खनेको सुरुङ वा प्वाल; सेँध।

३. दुई वस्तुका माझको खाली ठाउँ; अन्तर।

४. दुई वा त्यसभन्दा बढी वस्तु वा अवयव जोडिएको ठाउँ; जोर्नी; गाँस।

५. नाटकमा प्रधान कुरासँग सम्बन्धित कथाको पाँच अवान्तर सम्बन्ध (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण)।

६. परस्परको विरोध हटाई मेल मिलापसँग रहन तथा सहयोगी हुन दुई राष्ट्र वा समूहका बिचमा गरिएको मैत्रीपूर्ण वाचाबन्धन; सम्झौता।

७. परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री।

८. मर्मस्थल; जननेन्द्रिय आदि।

९. व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित हुने काम।

⟵ फेरि सूचीमा जानुहोस्