गृह · शब्दकोश

जोर्नी

[ना.]

१. कागजका भिन्न पानाहरूलाई आपसमा जोड्दाको भाग; अदालतीलगायतका महत्त्वपूर्ण कागजातहरूको त्यस्तो गाँस वा जोड।

२. भिन्न वस्तु गाँसिएको, जोडिएको ठाउँ; गाँस; सङ्गम।

३. शरीरका अवयवमध्ये दुई अवयव जोडिने ठाउँ; सन्धिस्थल।

⟵ फेरि सूचीमा जानुहोस्