वर्ण

[ना.]

१. 'अ' देखि 'ज्ञ' सम्मका ध्वनिको प्रतीकचिह्न; टुक्य्राउन नसकिने ध्वनिको एकाइसूचक लिपि

२. देखिने रूप वा आकृति; सौन्दर्य; वेशभूषा

३. पदार्थमा हुने रातो, सेतो, कालो, पहेँलो आदि रूपभेद; रङ।

४. रँगाउने पदार्थ; रोगन

५. स्थायी, आरोही, अवरोहीसञ्चारी गरी चार भेद हुने गायनको प्रत्यक्ष विधि वा प्रक्रिया

६. हिन्दु मान्यतामा मनुष्यजातिका चार श्रेणी वा वर्ग (ब्राह्मण, क्षत्रिय, वैश्यशूद्र)।