विरोध

[ना.]

१. कुनै कारबाही रोक्नका निम्ति गरिने कोसिस; विपरीत प्रयत्न

२. चारैतिरको छेकबार; घेरो

३. जाति, गुण, क्रिया, द्रव्य आदिका साथ विरोधवर्णन गर्दा पर्ने एक अर्थालङ्कार

४. नमिल्दो वा उल्टो स्थिति; प्रतिकूलता

५. नियन्त्रण; रोकटोक

६. बाधा; अवरोध; रोकावट

७. बेमेल; असङ्गति

८. मतभेद; फुट

९. विभिन्न तर्क वा विचारको विपरीत भावना; प्रतितर्क; प्रतिविचार।

१०. वैरभाव; शत्रुता; दुस्मनी