अन्तर

[पूस.]

१. अवकाश; अन्तराल; दुरी

२. दुई वस्तु, व्यक्ति आदिका बिचको भिन्नता; फरक; भेद

३. भेदभाव; पक्षपात

४. मन; हृदय वा अन्तस्करण

५. पूर्वपदका पछिल्तिर लागी सोभन्दा अर्को वा अन्य भन्ने वा त्यसको परिवर्तन बुझाउने उत्तर पद।

६. पदका अगिल्तिर आएर बिचको वा परस्परको भन्ने अभिप्राय जनाउने पूर्वपद