गृह · शब्दकोश

रकम

[ना.]

१. कागजी औपचारिकता मिलाउने काम; व्यवहारको बन्दोबस्त; स्याहास्रेस्ता।

२. घरायसी कामका निमित्त जागिरदारले पाउने बिदा; कर्मचारीले पाउने घरबिदा।

३. जग्गा, पसल, उद्योग, ठेक्कापट्टा आदिको दैदस्तुर; कर; शुल्क।

४. धन; सम्पत्ति; पैसा।

५. प्रकार; भाँती; तरिका।

६. राजस्वबापत लाग्ने कर; शुल्क।

७. विशेष अवसरमा सरकारले जनताबाट उठाउने श्रम; झार्लाङ्गी; झारा।

⟵ फेरि सूचीमा जानुहोस्