गृह · शब्दकोश

नायक

[ना.]

१. घर, संस्था वा देशको सर्वोपरि व्यक्ति; स्वामी; मालिक।

२. जपमालामा राखिएको ठुलो दाना; सुमेरु।

३. मार्गनिर्देशन गर्ने व्यक्ति; पथप्रदर्शक।

४. समाजको नेतृत्व गर्ने व्यक्ति; कुनै दल वा समुदायलाई अगाडि लैजाने व्यक्ति; जनसमुदायको अग्रणी; अगुवा; नाइके; नेता; अभिनेता।

५. साहित्यिक विधामा मुख्य रूपले चित्रण गरिएको पुरुष पात्र (काव्यशास्त्रमा मानिएका नायकका धीरोदात्त, धीरोद्धत, धीरललित र धीरप्रशान्त यी चार प्रमुख अथवा दक्षिण, धृष्ट, अनुकूल र शठ यी चार गौण भेद गरी जम्मा सोह्र भेद र तिनका पनि उत्तम, मध्यम र अधम तीन भेदले गर्दा जम्मा हुन आउने अठचालिस भेदमध्ये कुनै एक भेद)।

६. सेनापति।

७. हारका बिचमा जडिएको मणि।

[ना.]

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने सुडी जातिको एक थर।

[ना.]

जेठोभाइ।

⟵ फेरि सूचीमा जानुहोस्