संस्था
[ना.]
१. कुनै धर्म, सङ्गठन, समाज, राजनीति आदिको प्रचारप्रसार वा लोकहितका उद्देश्यले गठन गरिने सार्वजनिक सभा; सङ्घ।
२. व्यावसायिक दृष्टिले खास नियम तथा सिद्धान्तअनुसार काम गर्ने सङ्गठित दल वा वर्ग।
३. सरकारी वा गैरसरकारी कार्यालयमा काम गर्ने व्यक्तिहरूको सामूहिक हितका निम्ति तयार भएको सङ्गठित समुदाय।