गृह · शब्दकोश

हार

[ना.]

१. थाक्ने काम; थकाइ; शिथिलता।

२. बाध्यता वा असमर्थताले निहुरनु पर्ने स्थिति; विवशता; लाचारी।

३. युद्ध, खेल, प्रतियोगिता आदिमा विपक्षी वा प्रतियोगीको जित, आफ्नो हराइ; पराजय।

[वि.]

१. गलामा पहिरिने फूल, रत्न आदिको माला।

२. बिचमा मणि वा कुण्डल आदि लट्केको सुनको सिक्री।

३. लहर; पङ्क्ति; ताँती।

४. नाश गर्ने।

५. लाने वा ल्याउने।

६. हरण गर्ने; चोर्ने।

⟵ फेरि सूचीमा जानुहोस्