पुरुष

[वि.]

१. चौरासी अमलबराबरको नाप; एक मान्छेको उचाइबराबरको नाप

२. जीव

३. भाले जातिको प्राणी

४. मानवजाति

५. लोग्नेमान्छे

६. लोग्ने

७. विष्णु

८. व्याकरणशास्त्रअनुसार सर्वनामको एक भेद

९. साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता; आत्मा

१०. भाले; वीर; साहसी