संस्कृति

[ना.]

१. कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि नाम

२. कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिविम्बित हुनेतिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप

३. कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृतरूप दिएर चम्किलो, उज्यालोनिक्खरा बनाउने काम; संस्कार; परिष्कार

४. धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन