भावना

[ना.]

१. अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार

२. ईश्वर वा पूज्य व्यक्तिप्रतिको श्रद्धा; आस्था

३. कुनै औषधी आदि अर्को कुनै तरल पदार्थमा मिलाई त्यसको सुगन्ध औषधीमा पनि आउने गरी खलमा घोट्ने काम; पुट

४. ध्यान; चिन्तन

५. प्रेम; अनुराग