गृह · शब्दकोश

संस्कार

[ना.]

१. अन्त्येष्टिक्रिया; दाहसंस्कार।

२. अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता।

३. कुनै वस्तुको मरम्मत; जीर्णोद्धार।

४. खानेकुरा पकाइ, तुल्याइ गर्ने काम।

५. पवित्र पार्ने काम; संशुद्धि।

६. भाँडाकुँडा आदिको सफाइ।

७. रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा।

८. वैदिक विधिअनुसार गरिने ब्राह्मण जातिका सोह्र संस्कार वा कृत्य (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, केशान्त, उपनयन, वेदारम्भ, समावर्तन, विवाह र अन्त्येष्टि)।

⟵ फेरि सूचीमा जानुहोस्