संस्कार
[ना.]
१. अन्त्येष्टिक्रिया; दाहसंस्कार।
२. अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता।
३. कुनै वस्तुको मरम्मत; जीर्णोद्धार।
४. खानेकुरा पकाइ, तुल्याइ गर्ने काम।
५. पवित्र पार्ने काम; संशुद्धि।
६. भाँडाकुँडा आदिको सफाइ।
७. रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा।
८. वैदिक विधिअनुसार गरिने ब्राह्मण जातिका सोह्र संस्कार वा कृत्य (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, केशान्त, उपनयन, वेदारम्भ, समावर्तन, विवाह र अन्त्येष्टि)।