विषय

[नायो.]

१. इन्द्रियहरूका माध्यमबाट प्राप्त हुने आनन्द; इन्द्रियजन्य सुख

२. उद्देश्य

३. कुनै पनि विचार गरिने कुरो वा वस्तु

४. कुनै लेख, ग्रन्थ आदिमा विवेचना गरिएको कुरो वा प्रसङ्ग

५. जन्मदेखि मृत्युपर्यन्त गरिने लोकसम्बद्ध व्यवहार; सांसारिक व्यवहार

६. ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्शशब्द)।

७. पञ्चमहाभूतबाट बनेको वस्तु वा पदार्थ; भौतिक पदार्थ

८. सम्पत्ति

९. सीमा

१०. बारे