गृह · शब्दकोश

लोक

[ना.]

१. ग्रहमण्डल।

२. पुराणअनुसार प्राणी जीवित छँदा बस्ने वा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ; इहलोक र परलोक।

३. पुराणअनुसार स्वर्ग, मर्त्य र पाताल तीन स्थान वा पृथ्वीसहित उँभोका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उँधोका अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल गरी सातसमेत चौध भुवन।

४. ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ।

५. मुख्य देवताको निवासस्थल।

६. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल वा मात्राको आठ गुनाबराबरको नाप; तूणी, वसु वा मूर्तिबराबरको नाप; आठ अमल।

७. समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय; जनसमूह।

⟵ फेरि सूचीमा जानुहोस्