भोग

[ना.]

१. आफ्नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति

२. कुनै ग्रह एकै राशिमा रहने समय वा काल

३. कुनै वस्तु आफ्नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन

४. खानेकुरो खाने काम; भक्षण; खवाइ

५. देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि

६. पाप वा पुण्यको फल; प्रारब्ध

७. लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर।

८. शासन; राज्य

९. समागम; मैथुन

१०. सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ

११. सुखदुःखको अनुभव गर्ने देह