गृह · शब्दकोश

भोग

[ना.]

१. आफ्नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति।

२. कुनै ग्रह एकै राशिमा रहने समय वा काल।

३. कुनै वस्तु आफ्नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन।

४. खानेकुरो खाने काम; भक्षण; खवाइ।

५. देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि।

६. पाप वा पुण्यको फल; प्रारब्ध।

७. लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर।

८. शासन; राज्य।

९. समागम; मैथुन।

१०. सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ।

११. सुखदुःखको अनुभव गर्ने देह।

⟵ फेरि सूचीमा जानुहोस्