गृह · शब्दकोश

करण

[ना.]

१. कार्य सम्पन्नका निम्ति प्रयोग गरिने साधन; औजार।

२. क्रियापदमा निषेधको विपरीत वा विधि जनाउने प्रत्यय वा प्रक्रिया।

३. गणितमा वर्गमूल ननिस्किने सङ्ख्या।

४. गर्ने, बनाउने काम वा प्रक्रिया।

५. ज्योतिषशास्त्रमा बब, बालव, कौलब, तैतिल, गर, वणिज, विष्टि आदि उभय पक्ष (शुक्लपक्ष र कृष्णपक्ष) का सात र शकुनि चतुष्पाद तथा नाग गरी केवल कृष्णपक्षका तीन अनि कृष्णपक्षमा आरम्भ भएर शुक्लपक्षको प्रतिपदाको थालनीको भागलाई भेट्ने किस्तुघ्न गरी एघार पुग्ने एक ज्योतिषशास्त्रीय स्थापनामा आउने पञ्चाङ्ग (पात्रो) का पाँच अङ्ग (तिथि, वार, नक्षत्र, योग, करण) मध्ये एक।

६. भाषाका ध्वनि उच्चारक अवयव।

७. लिच्छविकालीन अड्डाभित्र पर्ने एक फाँट वा विभाग।

८. व्याकरणमा तृतीया विभक्तिले प्रतिनिधित्व हुने कारक।

⟵ फेरि सूचीमा जानुहोस्