ध्वनि

[ना.]

१. कानले सुन्न सकिने वा सुनिने विषय; श्रवणेन्द्रियको विषय; आवाज; शब्द

२. कुनै अर्थ वा आशय नखुल्ने शब्द वा आवाज

३. कुनै अवस्थामा पनि खण्डित हुन नसक्ने भाषाको निम्नतम एकाइ

४. कुनै कथन वा उक्तिको वाच्यार्थ तथा लक्ष्यार्थलाई छाडेर अर्थभित्र पनि लुकेर रहने चमत्कारी अर्थ; गूढार्थ; व्यङ्ग्यार्थ; ध्वन्यार्थ।

५. कुनै ठाउँमा शब्द थर्कँदा फर्केर आउने आवाज; प्रतिध्वनि; घन्को

६. मुखबाट उच्चरित हुने आवाज