योगिनी

[ना.]

१. अष्टदेवी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कुष्माण्डा, कालरात्रि, कात्यायनीमहागौरी)।

२. आषाढ कृष्ण पक्षको एकादशी

३. काठमाडौँ उपत्यकामा रहेका चार देवी (वज्रयोगिनी, ब्रह्मयोगिनी, नीलतारायोगिनी र विजयेश्वरीयोगिनी) मध्ये कुनै एक।

४. जन्म नक्षत्रमा तीनको अङ्क जोडेर आठले शेष गर्दा रहने अङ्कका आधारमा क्रमशः मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, सङ्कटा गरी आठ वटा योगिनी; सूर्यादि ग्रहका पत्नीका रूपमा मानिने दशा (सूर्यपिङ्गला, चन्द्रमङ्गला, भौमभ्रामरी, बुधभद्रिका, गुरुधान्या, शुक्रसिद्धा, शनिउल्का र राहुसङ्कटा)।

५. ज्योतिषशास्त्रअनुसार विशेष तिथिमा विशेष दिशामा रहने देवी; दिङ्माता (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डामहालक्ष्मी)।

६. तिथिका आधारमा पूर्व आदि दिशामा निवास गर्ने (नारीहरूले यात्रा गर्दा बार्नु पर्ने तथा सामुन्नेदायाँ पर्दा अनिष्ट फल दिने) कालयोगिनी।

७. भगवतीका नारायणी, गौरी, शाकम्भरीलगायत चौसट्ठी सहचरीमध्ये कुनै एक सहचरी

८. योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्विनी; स्त्रीयोगी।

९. रणपिशाचिनी; रणचण्डी