गृह · शब्दकोश

पर्दा

[ना.]

१. अदेखा वा अछेका प्रथा।

२. आँखाको नानीमा मोतियाविन्दु हुँदा लाग्ने जालो।

३. नाटक वा चलचित्रको पट।

४. पुराना शैलीका मयलपोसमा छातीनेर निकालिने एक फेसन।

५. भित्रको दृश्य बाहिरबाट नदेखियोस् भनी झ्यालढोकामा झुन्ड्याइने कपडा आदिको आवरण।

६. मर्यादा वा इज्जत।

७. स्त्रीहरूले मुख छोप्न आवरणको रूपमा प्रयोग गर्ने घुम्टो आदि।

८. हार्मोनियम, पियानो आदि बजाउँदा औँलाले दबाउने अवयव।

⟵ फेरि सूचीमा जानुहोस्