दशा
[ना.]
२. ज्योतिषशास्त्रअनुसार नवग्रह र योगिनीले भोग गर्ने समय; नवग्रह र योगिनीको भोगवर्ष।
३. पूर्वरागका दश वटा दशा (अभिलाषा, चिन्ता, स्मरण, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, व्याधि, जडता र मरण)।
४. विपत्तिको समय; खराब दिन; अनिष्ट फल दिने ग्रहको समय; दुर्दिन।
५. विप्रलम्भ शृङ्गारका दश कामदशा (असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा)।