गृह · शब्दकोश

सूत्र

[ना.]

१. कुनै उपाय; जुक्ती; गुत्थी; किल्ली; कडी।

२. कुनै दुई वस्तु वा विषयलाई जोड्ने भित्री तत्त्व।

३. कुनै वस्तुबाट तयार भएको तन्तु; धागो।

४. कुनै विश्वस्त र गुप्त खबर।

५. कुनै विषयको दफा वा आधारभूत बुँदा।

६. जनै; यज्ञोपवीत; ब्रह्मसूत्र।

७. वास्तु तथा मूर्तिकलाअनुसार अङ्गुलको नौ गुनाबराबरको नापो; नौ इन्चको नापो।

८. व्याकरण, दर्शन, गणित, विज्ञान आदिका नियमलाई छोटकरीमा बोध गराउने बीजगणितात्मक पद्धति; उक्त पद्धतिका लागि प्रयोग गरिने शब्दसङ्केत वा वाक्यसङ्केत; बीज; फर्मुला।

९. सुराक, ठुलो घटना, षड्यन्त्र आदि कुराहरू पत्ता लगाउने सहायक साधन; सुइँको; स्रोत।

⟵ फेरि सूचीमा जानुहोस्