गृह · शब्दकोश

शाखा

[ना.]

१. कुनै पनि मूल भाग वा वस्तुबाट निस्केको अङ्ग वा अवयव; विभाग।

२. कुनै विषय वा सिद्धान्तसित सम्बद्ध एकै मूलका मानिसहरूको वर्ग।

३. दर्शन, शास्त्र आदिको भेद; सम्प्रदाय।

४. मूल फेदबाट माथि गएर फाटेको रुखको सानो अङ्ग; हाँगो।

५. वंशावली तथा सन्तानको लहरो।

६. वेदका संहिताको पाठ तथा क्रमभेद।

७. संस्था, कार्यालय आदि अन्तर्गतको सुबिस्ताका निम्ति टाढा रहेको सङ्गठन वा अङ्ग।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्