संहिता
[ना.]
१. गद्य, पद्य, लेख आदिको क्रमबद्धसङ्ग्रह, सङ्कलन।
२. निश्चित रूपमा चलेको वा क्रमबद्ध रूपमा एकत्रित गरी मिलाइएको आचार, नियम, विधि आदिको सङ्कलन वा तत्सम्बन्धी विधि।
३. मन्त्रद्रष्टा ऋषिहरूद्वारा लोकहितका निम्ति सङ्कलन भएका उपासना, ज्ञान, यज्ञविधि, आशीर्वादात्मक सूक्त आदिसित सम्बन्धित (वेदको ब्राह्मण भागदेखि भिन्न) मन्त्र वा प्रार्थनाको समूह।