गृह · शब्दकोश

शास्त्र

[ना.]

१. कुनै विषयको आवश्यक तथा गूढ र ज्ञातव्य कुरा लेखिएको ग्रन्थ; विज्ञान।

२. यथार्थ वा वास्तविक ज्ञान; सिद्धान्तग्रन्थ।

३. सम्बन्धित गहन ज्ञानका साथै जनकल्याण तथा अनुशासनका नियमविधान लेखिएको वा समष्टि अध्ययनको सञ्चित भण्डार भएको विशेष ग्रन्थ (शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द, ऋग्वेद, यजुर्वेद, सामवेद, आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, अथर्ववेद, मीमांसा, न्याय, धर्मशास्त्र, पुराण र अर्थशास्त्र गरी अठार प्रकार)।

⟵ फेरि सूचीमा जानुहोस्