वर्ग
[ना.]
१. एकै स्थानबाट उच्चारण हुने वर्णहरूको समूह।
२. गणितमा दुई समान अङ्कले गुन्ने रीति वा त्यसरी निकालिएको गुणनफल।
३. समान दृष्टिका जाति, पेसा, वर्ण, श्रेणी, स्तर, आकार आदिको समूह; समान धर्म, संस्कृति, भाषा आदि हुनेहरूको समूह; दल; श्रेणी; दर्जा; विभाग।