गृह · शब्दकोश

राग

[ना.]

कुनै वस्तुबाट आउने गन्ध ; दुधबाट आउने गन्ध; सडेगलेको वस्तुबाट आउने गन्ध।

[ना.]

१. ईर्ष्या; द्वेष।

२. उमङ्ग; आनन्द; हर्ष।

३. कडा बास्ना वा गन्ध; हरक; खार।

४. कपुर, कस्तूरी, चन्दन आदिबाट तयार गरिएको, शरीरमा घस्ने लेप; अङ्गलेप।

५. कुनै प्यारो विषय वा वस्तुप्रति हुने अनुराग; झुकाउ; प्रेमभाव; अनुरक्ति।

६. कुनै वस्तु वा विषयप्रतिको मोह।

७. पिरोपन; खारिलोपन।

८. मेहँदी; माहुर।

९. रसरङ्ग।

१०. लोभ; लालसा।

११. सङ्गीतशास्त्रअनुसार स्वर र गायन प्रक्रियाद्वारा सुव्यवस्थित, सुन्दर, मधुर र आकर्षक ध्वनिहरूको विशेष संयोजन; ध्वनिराग।

[ना.]

१. घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया।

२. जाँघ वा चाकमा पर्ने सुरुवालको फराकिलो भाग।

३. तिघ्राको अघिल्लो भाग।

⟵ फेरि सूचीमा जानुहोस्