गृह · शब्दकोश

खार

[ना.]

१. वनस्पति आदिलाई जलाएर वा रासायनिक प्रक्रियाद्वारा निकालेर औषधी तथा औद्योगिक कार्यमा प्रयोग गरिने क्षारपदार्थ; क्षार।

२. वनस्पति वा खनिज पदार्थबाट प्राप्त हुने लवणांश वा नुनको भाग।

[ना.]

पहराबाट रसाएर निस्किने सेतो र पहेँल्चो रङको केही नुनिलो, अलि अलि टर्रो अनि झन्डै फट्किरीजस्तो स्वाद भएको खनिज क्षारपदार्थ; सेतो शिलाजित।

[ना.]

१. खोर्सानी आदि डढेर वा अन्य कुनै कारणले घाँटी, नाक, आँखा आदिमा जलन पैदा गर्ने कडा गन्ध वा पिरो राग।

२. शारीरिक तथा मानसिक जलन; डाहा।

[ना.]

तुसारो।

⟵ फेरि सूचीमा जानुहोस्