कडा

[ना.]

१. उराँव जातिका महिलाले खुट्टामा लगाउने गहना

२. नाडीमा लगाइने सुन, चाँदी आदिका बाला

३. भाँडावर्तन समाउन खँड्कुलो आदिको बिटमा जडिने धातुको मुन्द्रो

[वि.]

१. गाह्रो; कठिन; दुष्कर

२. चर्को (ध्वनि, स्वाद, घाम इ.)।

३. नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न गराउन दयामाया समेत नराखी सक्रिय रहने।

४. निष्ठुर; निठुरी; निर्दयी

५. साह्रो; कठोर; चाम्रो