गृह · शब्दकोश

कडा

[ना.]

१. उराँव जातिका महिलाले खुट्टामा लगाउने गहना।

२. नाडीमा लगाइने सुन, चाँदी आदिका बाला।

३. भाँडावर्तन समाउन खँड्कुलो आदिको बिटमा जडिने धातुको मुन्द्रो।

[वि.]

१. गाह्रो; कठिन; दुष्कर।

२. चर्को (ध्वनि, स्वाद, घाम इ.)।

३. नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न गराउन दयामाया समेत नराखी सक्रिय रहने।

४. निष्ठुर; निठुरी; निर्दयी।

५. साह्रो; कठोर; चाम्रो।

⟵ फेरि सूचीमा जानुहोस्