फुक्नु

[अक्रि.]

१. डोरी, धागो आदिको बन्धन वा गाँठो खुस्कनु; फुस्कनु

२. नियन्त्रणबाट मुक्त हुनु; छुटकारा पाउनु

[सक्रि.]

१. कानमा गुप्त कुरा गर्नु; सुटुक्क भन्नु

२. मात्राभन्दा बढी खर्च गर्नु; सम्पत्ति सक्नु

३. मुख अलिकति खुला पारेर वेगसित सास छोड्नु; फु फु गर्नु

४. रोग शान्त गर्न मन्त्र पढेर फु फु गर्नु; झारफुक गर्नु

५. शङ्ख आदि बजाउनु

६. सासका वेगले आगो बाल्नु वा सल्काउनु

७. सासले कुनै हलुको वस्तु उडाउनु

८. होच्याउनु; निन्दा गर्नु