उडाउनु

[सक्रि.]

१. उड्न लाउनु; उड्ने पार्नु

२. कुनै काम छिटै र फुर्तीसाथ सक्नु

३. कुनै वस्तु थाहा नपाई लानु; चोर्नु

४. खिसी गर्नु; गिज्याउनु

५. नचाहिँदो ढङ्गले धन मास्नु

६. नभएको कुरा थपेर उराल्नु

७. नाङ्लो आदिले भुस आदि हटाउनु

८. बतासले धुलोमाटो आदि यताउता पार्नु