मन्त्र
[ना.]
१. गुप्ती कुरो; गोप्य वार्ता; भित्री रहस्य।
२. टुन्याहा, बोक्सी, भूतप्रेत आदिको लागो वा नराम्रो असर शान्त गर्न र सर्प, बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्दसमूह; लागोभागो हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन।
३. देवदेवीबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य।