गृह · शब्दकोश

मन्त्र

[ना.]

१. गुप्ती कुरो; गोप्य वार्ता; भित्री रहस्य।

२. टुन्याहा, बोक्सी, भूतप्रेत आदिको लागो वा नराम्रो असर शान्त गर्न र सर्प, बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्दसमूह; लागोभागो हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन।

३. देवदेवीबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य।

४. वेदको ऋचा; संहिता।

५. सल्लाह; मन्त्रणा; परामर्श।

⟵ फेरि सूचीमा जानुहोस्