गृह · शब्दकोश

पाली

[ना.]

१. घरको बायाँ वा दायाँतिरको भित्तोमा जोडेर बनाइएको पाखे छानो; मतान।

२. घरको माथिल्लो मुख्य छानोभन्दा तल गारोबाट झिकेको सानो छानो; अर्माली; सिकुवाको छानो।

३. मुख्य घरको नजिक बनाइएको अर्को घर; मतान।

४. सिकुवा; दलान।

[ना.]

१. काख; कोख।

२. कानको उठेको भाग।

३. किनारा; छेउ।

४. गालाको माथिल्लो भाग।

५. नदी वा बाटामाथि वारिदेखि पारिसम्म पवित्र वृक्षका पात, फूल आदि जडेर टाँगिने डोरी; तोरण।

६. पङ्क्ति; श्रेणी।

७. बुद्धका उपदेशहरूको भाषा; अर्धमागधी प्राकृतसँग निकट भाषा; पालि।

८. लाम्चो छाँटको तलाउ।

९. साँघु।

[ना.]

भक्त; उपासक।

⟵ फेरि सूचीमा जानुहोस्