गृह · शब्दकोश

सिकुवा

[वि.]

सिक्न लागेको; सिकारु।

[ना.]

१. घरको भुइँतलामा बाहिरपट्टि रहेको, घरकै क्षेत्र ओगटेको खुला ठाउँ।

२. घरको लमाइतर्फको भाग वा छानो।

३. घुमजस्तो एक प्रकारको पातलो छाता।

४. बिरालो आदिबाट दुधघिउलाई बचाउन बाबियो, पाट, चोया आदिबाट बनाइएको मान्छेले पुग्ने तर बिरालाले नपुग्ने गरी दलिन या सिलिङमा झुन्ड्याएर राखिने परम्परागत साधन वा प्रविधि; सिक्वा

५. मूलढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी; पिँढी।

⟵ फेरि सूचीमा जानुहोस्