प्राकृत

[वि.]

१. संस्कृत भाषाको प्रचलनपछि पनि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा

२. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालमा लोकभाषाका रूपमा चलेको भाषा; कथ्य संस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा रहेका प्राकृत भाषाका मुख्य भेदहरू - मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्धमागधी, वाह्लिक; पैशाचीदाक्षिणात्य)।

३. अकृत्रिम; सहज; स्वाभाविक; नैसर्गिक

४. प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक

५. संस्कार नगरिएको; असंस्कृत; अपरिष्कृत; कोरा

६. सामान्य; साधारण; सादा