गृह · शब्दकोश

प्राकृत

[वि.]

१. संस्कृत भाषाको प्रचलनपछि पनि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा।

२. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालमा लोकभाषाका रूपमा चलेको भाषा; कथ्य संस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा रहेका प्राकृत भाषाका मुख्य भेदहरू - मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्धमागधी, वाह्लिक; पैशाची र दाक्षिणात्य)।

३. अकृत्रिम; सहज; स्वाभाविक; नैसर्गिक।

४. प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक।

५. संस्कार नगरिएको; असंस्कृत; अपरिष्कृत; कोरा।

६. सामान्य; साधारण; सादा।

⟵ फेरि सूचीमा जानुहोस्