टिप

[ना.]

१. गन्जिफाको खेलमा दुई चक्कीले एक चक्कीलाई जित्ने दाउ

२. जन्मेको क्षण, दिन, राशि, नक्षत्र आदि लेखिएको कागज; टिपन

३. डकर्मी वा वज्रकर्मीले दुई इँटको चेपमा दिने टिपकारीको मसला

४. पोतमा तिर्नुपर्ने एक किसिमको दस्तुर

५. व्यक्ति वा वस्तुका नाम, सानातिना व्यवहार आदि लेखिएको सानो कागत; टिपोट

[ना.]

१. कुनै पनि सेवा गरे बापत कसैलाई दिइने थप रकम

२. ट्रक आदि गाडीले एक पटकमा ढुवानी गर्दा वा ओसार्दाको पटक; खेप

३. यात्री आदिले पथप्रदर्शकलाई वा खान आउनेले होटेलका बेयराहरूलाई दिने बक्सिस

[ना.]

तेल खन्याउँदा प्रयोग गरिने एक चुच्चे भाँडो; सोली

[ना.]

औँठाको निसान