गृह · शब्दकोश

टिप

[ना.]

१. गन्जिफाको खेलमा दुई चक्कीले एक चक्कीलाई जित्ने दाउ।

२. जन्मेको क्षण, दिन, राशि, नक्षत्र आदि लेखिएको कागज; टिपन।

३. डकर्मी वा वज्रकर्मीले दुई इँटको चेपमा दिने टिपकारीको मसला।

४. पोतमा तिर्नुपर्ने एक किसिमको दस्तुर।

५. व्यक्ति वा वस्तुका नाम, सानातिना व्यवहार आदि लेखिएको सानो कागत; टिपोट।

[ना.]

१. कुनै पनि सेवा गरे बापत कसैलाई दिइने थप रकम।

२. ट्रक आदि गाडीले एक पटकमा ढुवानी गर्दा वा ओसार्दाको पटक; खेप।

३. यात्री आदिले पथप्रदर्शकलाई वा खान आउनेले होटेलका बेयराहरूलाई दिने बक्सिस।

[ना.]

तेल खन्याउँदा प्रयोग गरिने एक चुच्चे भाँडो; सोली।

[ना.]

औँठाको निसान।

⟵ फेरि सूचीमा जानुहोस्