गृह · शब्दकोश

सेवा

[ना.]

ढोग; प्रणाम; नमस्कार; आदरणीय व्यक्तिलाई भेट्दा व्यक्त गरिने आदर, सम्मानको भाव।

[ना.]

लिम्बू जातिका नेपालीको एक थर।

[ना.]

१. टहल; चाकरी।

२. ढोग; प्रणाम।

३. तीर्थ, व्रत, सत्सङ्ग आदि हुने ठाउँमा नियमपूर्वकको बसाइ।

४. मानसिक र शारीरिक स्वास्थ्यका निम्ति नियमित रूपले गरिने व्यवहार।

५. मान्यजनको सम्मान।

६. शारीरिक, मानसिक, वाचिक आदि सबै पक्षले गरिने देवदेवी आदिको आराधना; उपासना; अर्चना।

७. सरकारी वा गैरसरकारी तहमा तलब लिएर गरिने काम; नोकरी।

८. सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम; उपकार।

[ना.]

नेपालका आर्यमूलका कामी जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्