मसला
[ना.]
१. औषधी वा रासायनिक वस्तुहरूको मिश्रण।
२. काजु, पेस्ता, किसमिस, सुपारी, नरिवल आदि सुकेका फलहरू; ल्वाङसुपारी।
३. टर्च बाल्न र रेडियो आदि बजाउन भित्र हालिने विद्युत्तत्त्वीय एक रासायनिक पदार्थ; ब्याटरी।
४. ढलान गर्न वा इँटा, ढुङ्गा आदि जोर्न तयार पारिएको सिमेन्ट, बालुवा, गिट्टी आदिको आनुपातिक मिश्रण।
५. तिहुन, तरकारी आदि खाद्यपरिकारलाई स्वादिष्ठ पार्न मिसाइने वस्तु; जिरा, धनियाँ, मरिच, ल्वाङ, जाइफल आदि पदार्थ; मसाला।
६. सेता भुवादार फूल फुल्ने र घन्टीका आकारका साना फल लाग्ने एक जातको सुगन्धी फूल।