शुल्क

[ना.]

१. कुनै आंशिक काम गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी

२. कुनै वस्तुको उत्पत्ति, उपभोग, आयात, निर्यात आदि हुँदा सरकार वा राज्य, स्थानीय निकाय आदिले उठाउने वा लगाउने निर्दिष्ट रकम (जग्गाको तिरो, सामानको भन्सार, बिजुली आदिको महसुल इ.)।

३. घर, सामान, यातायातका साधन आदि उपभोग गरे वा सेवा लिएबापत दिइने कबुलअनुसारको रकम; भाडा; किराया

४. वैवाहिक कार्यमा रीतिरिवाजअनुसार कन्या वा वरपक्षलाई दिइने दस्तुर; दाइजो

५. शैक्षिक, सामाजिक, धार्मिक आदि संस्थाहरूमा पठनपाठन वा अन्य कामका निम्ति प्रवेशका समयमा र मासिक, वार्षिक आदि रूपमा बुझाइने दस्तुर; फिस; फी।