गृह · शब्दकोश

दान

[ना.]

१. असल कार्यका निम्ति दिइने आर्थिक सहयोग; चन्दा।

२. आफ्नो हकमा रहेको धनमाल अर्काको हकमा दिने काम; कुनै वस्तुबारे अधिकारको हस्तान्तरण।

३. कुश, तिल, जलसहित सङ्कल्प गरेर ब्राह्मणलाई द्रव्य, वस्त्र, अन्न आदि दिने काम।

४. त्यसरी दिइएको धनमाल, जमिन, गाई आदि।

५. दिने काम; प्रदान।

६. धार्मिक भावनाले गरिबहरूलाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने काम।

७. राजनीतिका साम, दाम (दान), दण्ड र भेद चार जुक्तीमध्ये एक; शत्रुलाई धन दिएर अधीनमा राखिने एक उपाय।

८. शब्दका पछिल्तिर लागेर त्यस वस्तुको दान भएको वा गरिएको भन्ने बुझाउने शब्द।

[पस.]

नामको पछिल्तिर लागेर सो नामको आधार वा पात्र अर्थ जनाउने शब्द।

[ना.]

हात्तीको उमेर पुगेपछि कन्चटबाट निस्कने गन्धयुक्त बाक्लो पसिना; मद।

⟵ फेरि सूचीमा जानुहोस्