गृह · शब्दकोश

खेल्नु

[सक्रि.]

१. आफूभन्दा बलियोसँग जुध्नु।

२. कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु।

३. मनमा तर्कवितर्क उब्जनु।

४. हर्ष आदिले मन प्रसन्न हुनु।

५. हावाले हाँगा, पात आदि हल्लनु।

६. नाटक आदिमा अभिनय गर्नु; नाचतमासा गर्नु।

७. मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलमा भाग लिनु; राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेल प्रतियोगितामा सामेल हुनु।

८. व्यापार, उद्योग व्यवसायमा पैसा लगाउनु।

९. हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु।

⟵ फेरि सूचीमा जानुहोस्