गृह · शब्दकोश

बाजी

[प्रत्य.]

नाम शब्दका अन्तमा गाँसिएर त्यो काममा कुशलता वा विशिष्टताको भाव बुझाउने शब्दांश।

[ना.]

१. कुनै पनि खेलमा दुई थरीका बिच हारजित हुँदा राखिने सर्त वा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल; होड।

२. जादुको खेल; तमासा।

३. दाउ।

४. पटक।

५. पल्टने काम; उल्टा; पल्टा।

⟵ फेरि सूचीमा जानुहोस्