माल
[ना.]
१. घरको ढोका अड्याउने कोठाको चौकोस।
२. पहाडतिर अन्न थन्क्याउन मालका पात गाँसेर थैलीजस्तै बनाउन मिल्ने लहरा।
३. मधेस र पहाडका बिचको गर्मी ठाउँ।
५. लामा र बलिया लहरा र ठुला पात हुने पितृकार्यमा दुनाबोहता बनाउन प्रयोग गरिने, ठुला लहरा भएको वनस्पति।
[ना.]
गाईगोरु, छेपारो आदिका घाँटीमा झुन्डिने छाला; गलकम्बल।
[ना.]
खिइएर वा घिस्सिएर ठाउँ ठाउँमा खाल्टाखुल्टी परेका वा पातलो भएका कलपुर्जामा पछिबाट थपिने धातुको रसायन।
[ना.]
१. गाँजा।
२. जमिनको तिरो उठती गर्ने एक अड्डा; मालपोत कार्यालय; माल अड्डा।
३. धन; सम्पत्ति।
५. व्यावहारिक जीवनमा उपयोग हुने तथा किनबेच गरिने कुनै पनि प्राकृतिक वा मानवीय श्रमद्वारा उत्पादित वस्तु; चिजबिज; जिन्सी सामान; जिनिस (सिकर्मीका लागि काठ, डकर्मीका लागि सिमन्टी तथा मसला आदि)।