गृह · शब्दकोश

माल

[ना.]

१. घरको ढोका अड्याउने कोठाको चौकोस।

२. पहाडतिर अन्न थन्क्याउन मालका पात गाँसेर थैलीजस्तै बनाउन मिल्ने लहरा।

३. मधेस र पहाडका बिचको गर्मी ठाउँ।

४. मारवाडी समुदायको एक थर।

५. लामा र बलिया लहरा र ठुला पात हुने पितृकार्यमा दुनाबोहता बनाउन प्रयोग गरिने, ठुला लहरा भएको वनस्पति।

[ना.]

गाईगोरु, छेपारो आदिका घाँटीमा झुन्डिने छाला; गलकम्बल।

[ना.]

खिइएर वा घिस्सिएर ठाउँ ठाउँमा खाल्टाखुल्टी परेका वा पातलो भएका कलपुर्जामा पछिबाट थपिने धातुको रसायन।

[ना.]

१. गाँजा।

२. जमिनको तिरो उठती गर्ने एक अड्डा; मालपोत कार्यालय; माल अड्डा।

३. धन; सम्पत्ति।

४. मदेस; तराई।

५. व्यावहारिक जीवनमा उपयोग हुने तथा किनबेच गरिने कुनै पनि प्राकृतिक वा मानवीय श्रमद्वारा उत्पादित वस्तु; चिजबिज; जिन्सी सामान; जिनिस (सिकर्मीका लागि काठ, डकर्मीका लागि सिमन्टी तथा मसला आदि)।

⟵ फेरि सूचीमा जानुहोस्