पर्व

[ना.]

१. औँलाका जोर्नीले छुट्याइएको खण्ड

२. कुनै काम हुने वा गरिने विशिष्ट दिन; मौका; अवसर

३. कुनै विशेष घटना वा त्यस्तो घटना भएको समय

४. चतुर्मास

५. चन्द्र वा सूर्यमा लाग्ने ग्रहण

६. तीन मात्रा वा अङ्गुलबराबरको नाप

७. दुई वस्तु वा दुई अङ्ग जोडिएको ठाउँ; जोर्नी

८. धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा दिन; उत्सव; चाड

९. महाभारत ग्रन्थको खण्ड

१०. शुक्ल वा कृष्ण पक्ष, तिथि, वार, नक्षत्र, योग, करण तथा महिनाका आधारमा निर्धारित पुण्यकाल